फोटोसहितको मतदाता नामालीमा नाम दर्ता गराउँनेको भीड

३ भदौ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता हुन बाकी रहेकालाई पुन नाम दर्ता गराउनका लागि समय थपेपछि देशभरका निर्वाचन कार्यलयहरुमा नाम लेखाउनेको भीड लागेको छ ।


काठमाडौंको बबरमहलस्थित निर्वाचन कार्यलयमा मतदाता नामावलीमा नाम लेखाउनेको घुईंचो छ । त्यस्तै अन्य जिल्लाहरुमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउँनेको त्यत्तिकै घुइचो लागेको छ ।

काठमाडौंमा मात्रै दैनिकजसो २५ सयभन्दा बढीले फोटोसहितको नामावलीमा नाम लेखाएको बताइएको छ । काठमाडौंमा नाम लेखाउनेमा ७५ प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका छन् ।

निर्वाचन आयोगले दलहरुको आग्रहमा भाद्र पहिलो साताभित्र नाम लेखाउनका लागि समय थप गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...