ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँयो

Share This
५ भदौ । आज जनैपूर्णिमा सनातनी हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनैपूर्णिमाभनिएको हो।
जनैपूर्णिमाका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्रु अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन्।

ऋषि तर्पणी हिन्दु तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले मानिन्छ।

यस दिन

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल।।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ।

मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ९डोरो० उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन्।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ।

आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ।

आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि (भैंसेपाटी), रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, पाँचपोखरी ९रामेछाप०, पाँचपोखरी ९सिन्धुपाल्चोक०, दुधपोखरी ९लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको०, त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ।

आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ।

नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा रहेको छ।

विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ।

आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ। यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ।

हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरू पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन्। यहाँका मगरहरू जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ।

प्रथम विश्वयुद्धमा ब्राह्मण, क्षेत्री र मगरहरूको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरूको भनाइ छ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here