इजिप्टमा सेना र मुर्सी समर्थकबीचको झडप जारी, मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो

३१ साउन । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्द मुर्सीका समर्थक र विरोधीबीच भएको झडपलाई नियन्त्रणमा लिन गरिएको सैन्य कारबाहीमा परी मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ ।
तर, विपक्षीले भने २ हजार भन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । मृत्यु हुनेमा मुर्सीका समर्थक, सुरक्षाकर्मी र सरकार समर्थक रहेको बताइएको छ ।

मुर्सीका समर्थकहरुले राजधानी कायरोमा विभिन्न शिविर स्थापना गरी सरकार विरोधी नारा लगाउँदै प्रदशैन गरिरहेका थिए । सुरक्षाकर्मीले मुर्सी समर्थकलाई शिविरबाट हटाउन कारबाही गरेको बताएको छ । मुर्सी समर्थक मुस्लिम ब्रदरहुडका केही कार्यकर्ता पक्राउ परेका छन् ।

यसैबीच, अन्तरिम सरकारका उपराष्ट्रपति मोहम्मद अल बारादेईले पदबाट राजीनामा दिएका छन् । त्यस्तै, जारी संकटलाई मध्यनजर गर्दै इजिप्ट सरकारले संकटकाल घोषणा गरेको छ । संकट समाधानका लागि यो कदम चाल्नु परेको सरकारको दाबी छ । गत जुलाई ३ मा मुर्सीलाई सैनिकले अपदस्थ गरेर नजरबन्दमा राखेपछि समर्थकहरुले उनको पुनर्बहालीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...