चुनाव बिथोल्ने शक्ति कुनैपनि दलसँग छैनः महतो

३१ साउन । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनैपनि राजनीतिक दलसँग चुनाव बिथोल्ने शक्ति नभएको दाबी गुर्नभएको छ ।

बाँके जिल्ला कार्यसमितिद्वारा आयोजित पत्रकारसम्मेलनमा उनले निर्वाचनको विपक्षमा उभिनु लोकतन्त्र नमान्नु भएको उहाँको तर्क थियो ।
केही दलहरु चुनावमा सहभागी नभएपनि तोकिएके मितिमा निर्वाचन सम्मपन्न हुने दाबी गर्नुभयो ।

अध्यक्ष महतोले चुनाव विरोधी गतिविधी गर्नेलाई जनता स्वयंले ठेगान लगाउने बताउनुभयो । मधेसको मुद्दामा सबै मधेसवादी दलको एउटै मत भएकाले निर्वाचनमा ती दलहरूबीच चुनावी सहकार्य हुन सक्ने सम्भावना रहेको जनाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...