बर्डफ्लुको सङ्क्रमण फैलिन नदिन बाग्लुङमा उच्च सर्तकता अपनाइयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्डफ्लुको सङ्क्रमण फैलिन नदिन बाग्लुङमा उच्च सर्तकता अपनाइयो

Share This
१२ भदौ । जिल्लामा बर्डफ्लुको सङ्क्रमण हुन नदिन उच्च सर्तकता अपनाइएको छ ।

राजधानीलगायत देशका विभिन्न जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखा परेपछि जिल्ला पशुसेवा कार्यालय बागलुङले पक्षीजन्य वस्तुको ओसारपसारमा कडा निगरानी गरेको जनाएको छ ।
कार्यालयका प्रमुख डा लक्ष्मणप्रसाद घिमिरेले बागलुङ जिल्ला बर्र्डफ्लुबाट मुक्त रहेको बताउनुभयो । जिल्ला भित्रने दुवै नाका मालढुङ्गा र खर्बाङमा प्रहरी गस्ती र सुरक्षा जाँचमा कडाइ गरिएको घिमिरेको भनाइ छ ।
पशुसेवा कार्यालय र जिल्लाका अन्य सरोकारवालाको समन्वय बैठकले बर्र्डफ्लु सङ्क्रमणलाई जिल्लाभित्र भित्रन नदिन प्रभावकारी कदमहरु चाल्ने निर्णय गरेको थियो । कार्यालयले नाकाहरुबाट प्रवेश गर्ने कुखुरा र अन्य पक्षीजन्य वस्तुको निगरानी र जाँचको लागि प्रहरीसँग सहकार्य गरिरहेको छ ।
कार्यालयले जिल्लाका ग्रामीण क्षेत्रमा रहेका आफ्ना १४ वटा केन्द्र र उपकेन्द्रमा पनि नियमित कुखुरा फार्मको अनुगमन गर्न, कुनै किसिमको रोग लागेको जाँच गर्न र फार्मको सुरुक्षाको लागि किसानलाई सहयोग गर्न निर्देशन जारी गरेको घिमिरेले जानकारी दिनुभयो ।
फार्ममा बाहिरी व्यक्तिलाई प्रवेश गर्न नदिन र आफू पनि अरुको फार्ममा नजान कार्यालयले किसानलाई आग्रह गरेको छ । त्यस्तै फार्म परिसरमा हप्ताको दुईपटक कीटनाशक औषधि प्रयोग पनि सुझाएको छ ।
कार्यालयले बर्र्डफ्लुको बारेमा जनस्तरमा विभिन्न सूचना र जानकारी प्रदान गरेपछि कुखुरापालक किसान कार्यालयमा आई सोधपुछ गर्ने र सल्लाह लिन थालेको कार्यालयले जनाएको छ । बागलुङमा चितवन, कास्कीलगायतका जिल्लाबाट पक्षीजन्य वस्तुको आयात हुने गरेको छ

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here