मुर्सी समर्थकहरुको धर्नामा सेनाको हस्तक्षेप, ४० जनाको मृत्यु

३० साउन । इजिप्टमा अपदस्त राष्ट्रपति महम्मद मुर्सी समर्थक प्रदर्शनकारीहरुको धर्नामा सेनाले हस्तक्ष्ँेप गर्दा ४० जनाको मृत्यु भएको छ ।

धर्ना बसेका २ सय भन्दा बढी मुर्सी समर्थकलाई पक्राउ गरेको इजिप्टेली गृहमन्त्रालयले बताएको छ । गत महिना सेनाको बर्खास्तीमा परेका राष्ट्रपति मुर्सी समर्थकको कायरो स्थित धर्ना क्याम्प खाली गराउने क्रममा सेनाले हस्तक्षेप गरेको हो । धर्नाकारीमाथि सुरक्षाकर्मीले अश्रुग्याँस समेत प्रहार गरेको जनाइएको छ ।
इजिप्टका केही शहरमा सेनाले डोजर प्रयोग गरी प्रदर्शनकारीमाथी हस्तक्षेप गरेको छ । मुर्सी समर्थकलाई धर्ना कार्यक्रम अन्त्य गर्न सरकारको बारम्बारको चेतावनीलाई अवज्ञा गरेपछि सरकारले कारबाही सुरु गरेको हो । सरकारी समाचार संस्थाले बिभिन्न क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारीमाथी हस्तक्षेप गर्ने क्रममा दुई प्रहरीको मृत्यु भएको जनाएको छ ।

इजिप्टमा पहिलो जननिर्वाचित राष्ट्रपति महम्मद मुर्सी बर्खास्त भए यताको हिंसात्मक बिरोध प्रदशर्शनका क्रममा ३ सयको ज्यान गइसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...