२१ साउन । सरकारी कार्यालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले स्थायी गराउनु पर्ने माग राख्दै सोमबार सिंहदरबार परिसरमा धर्ना दिएका छन् ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको नेतृत्वमा सोमबार बिहानैदेखि सिंहदरबारमा धर्ना दिएका हुन् । उनीहरुले देशभरीका ३२ हजार अस्थायी तथा ज्यालादारी कर्मचारीलाई स्थायी गरि रोजिरोटीको ग्यारेण्टी गर्न माग गरेका छन् ।
उनीहरुले २ सय ४० दिन काम गरेका सबै कर्मचारीलाइृ स्थायी गर्नुपर्ने, स्थायी कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने, कम्तीमा १८ हजार ४ सय तलब हुनुपर्ने लगायतका ११ बुंदे माग सरकारसंग राखेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

स्थायी बनाउन माग राख्दै अस्थायी कर्मचारीबाट धर्ना
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment