२ भदौ । पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानले सर्बसाधारणका लागि शतप्रतिशत शुल्क बढाएपछि अस्सपतालमा कार्यरत कर्मचारी आन्दोलित भएका छन ।बृद्धी गरिएको शुल्क फिर्ता नभएसम्म कर्मचारीहरुले चरणबद्धरुपमा आन्दोलन जारि राख्ने बताएका बताएका छन ।
सर्बसाधारणको आर्थिक अवस्थाको ख्यालै नगरि शुल्क बढाएको भन्दै निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै उनीहरुले आइतबार प्रतिष्ठानका रजिष्टारको कार्यालयमा बिहान घेराउ गरेका थिए ।
गत साउन १६ गते प्रतिष्ठानका पाचंजना पदाधिकारीको मात्र तलबभत्ता तथा सेवा सुबिधा बढाएको तर अस्पतालकामा कार्यरत कर्मचारीको तलब नबढाएको भन्दै उनीहरु थप आक्रोषित बनेका हुन । अस्पतालले अहिले अपरेशन शुल्क १३ हजारबाट बढाएर २३ हजार र प्राईभेट बेडको शुल्क ३ हजारबाट बढाएर ६ हजार बनाएको बताईएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

शतप्रतिशत शुल्क वृद्धि गरिएको भन्दै पाटन अस्पतालका कर्मचारी आन्दोलित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment