बादी समुदायले धुमधामसाथ मनाए संक्रान्ति - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बादी समुदायले धुमधामसाथ मनाए संक्रान्ति

Share This
२ भदौ । सुदुरपश्चिमका सवै जिल्लामा भदौ एक गते मनाइने गाभे संक्रान्ति पर्व बझाङमा भाडेसंक्रान्ति पर्व भनेर प्रचलित छ ।
परम्परागत देखि यस दिनमा बादी समुदायहरुले भाडे संक्रान्तिका रुपमा यो पर्व मनाउने भएकाले यस दिनमा बादी समुदायहरु धुमधामकासाथ पर्व मनाउने गर्दछन् । शनिबार जिल्लाका अन्य समुदायहरुले यसपर्वमा विहान मिठा खानेकुरा बनाएर खाए पनि सार्वजनिक रुपमा भने बादी समुदायले मात्र यो पर्व मनाएका हुन । बझाड्गी राजाको पालादेखी मनाउदै आएको भाडेसंक्रान्ति पर्व पछिल्ला वर्षहरुमा यसको महत्व घट्दै गए पनि बादी समुदायले यो पर्व मनाउन छोडेका छैनन् । बझाड्का बादीहरुले विशेषगरी मनाउने यस पर्वमा छिमेकी जिल्ला डोटी कैलाली कञ्चनपुरबाट पनि बादी समुदायका ईष्टमित्रहरु बझाड आउने गर्दछन् ।
बादीहरु घरको आगन लिपतोत गरी घरमा सेल , पुरी बटुक मासु, दालभात बनाएर खाने गर्दछन् भने साँझतिर स्थानिय ठाँउमा पहिले राजाहरु बस्ने स्थानहरुमा गएर भाडेसंक्रान्ति खेल्ने गर्दछन् । बादी पुरुषहरु कम्मरमा बाँको गिठाका लराहरु बाँधेर निधारमा कमेरो लगाउने गर्दछन् भने बदेनीहरु सारी व्लोज लगाएर सुन्दरी जस्ती भई गित गाएर बजार परिक्रम गरी राजा बस्ने कोटमा पुग्ने गर्दछन् ।
अगाडी बादी महिलाहरु लहर, बीचमा बालबालीका र सिस्नाको घोडा बनाएर अगाडी–अगाडी बाटो देखाउदै जाने घोडो बादी र पछाडी वादी पुरुषहरुको लस्कर लागेर गाउमा निस्किन्छन् जसले गर्दा दर्शकहरुले पनि भरपुर मनोरञ्जन लिन्छन् । भागेसंक्रान्तिमा वादीहरुले खेल्ने परमपरागत खेल आर्कषक र मनरोञ्जनात्मक हुन्छ । चैनपुरका बादीहरुले पुरानो बझाड्गी राजाको दरबारको हात्तिसार हालको जिल्ला प्रशासन कार्यालय मा र थलारा खोलीमा पुरानो कोटमा हाल थलारा उमाविमा देखाउने गर्दछन् ।
जिल्ला तहमा वादीहरुको यस पर्वको संरक्षण समवर्धनका लागि कुनै निकायवाट सहयोग नभएको पदम वादी गुनासो गरे । तत्कालीन थलारा खोलीका राजा जक्ती सिंह र बझाड्गी राजा शक्ती सिंहले बादीहरुलाई मनोरोञ्जन गर्नका लगी भारतको कुमाउबाट ल्याएको भनाई स्थानीय बुढापाकाको छ । हाल चैनपुर र थलारा गरी ४५ परिवार बादी समुदायहरु बझाङमा बसोबास गदै आएका छन ।




No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here