धनगढीका ३ बर्षीय बालक अपहरणमा परे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धनगढीका ३ बर्षीय बालक अपहरणमा परे

Share This
३ भदौ । धनगढी नगरपालिका मिलन चोकबाट सोमबार एक बालक अपहरणमा परेका छन् ।
अपरिचित व्यक्तिले ३ वर्षीय विनोद रावतलाई घरबाटै अपहरण गरेको आफन्तले बताएका छन् । मिलन चोकमा स–सानो होटल व्यवशाय गर्दै आएकी लक्ष्मी चौधरीका छोरालाई होटलमा आएको एक व्यक्तिले अपहरण गरेको बताईएको छ । चौधरीका श्रीमान लक्ष्मण रावत भने स्थानीय नयाँ राम होटल प्रालिमा काम गर्छन् । पहेलो टिसर्ट र कालो ट्रयाक सुट लगाएको एक युवकले दिउसो २ बजे चौधरीकै सामुन्नेबाट बालकलाई लगेर गएको प्रहरीले बताएको छ । चौधरीले ती युवकले आफूसँग खेलाउन लैजान्छु र पछि फिर्ता ल्याउछु भनेर बालकलाई लगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाका बारेमा ढिलो गरी खबर प्राप्त भएकाले खोजी कार्य समयमा हुन नसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक ऋषीराम कँडेलले बालकको खोजी जारी रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here