साफ च्याम्पियनशिप फुटबलका लागि २५ खेलाडीको छनौट - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ च्याम्पियनशिप फुटबलका लागि २५ खेलाडीको छनौट

Share This
२० साउन । भदौ १६ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने साफ च्याम्पियशिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बहराइन र कुवेतमा अभ्यास गर्ने भएको छ ।
२५ खेलाडीसहितको टोली आइतवार बहराइन गएको फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले बहराइन र कुवेतका टोलीसँग अभ्यास खेल खेल्नुका साथै प्रशिक्षण पनि गर्ने छ । टोलीसँगै नेपाली टिममा बिदेशी प्रशिक्षकद्वय ज्याक स्टेफेनोस्की र रिचार्ड ओर्लोस्की पनि रहने छन् । साफ च्याम्पियनशिपमा नेपाललगायत अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ । भारत, बंगलादेश र पाकिस्तान रहेको समूह एमा परेको नेपालले प्रतियोगिताको पहिलो खेल भदौ १६ गते बंगलादेशसँग खेल्ने छ ।

छनौट भएका खेलाडीहरु

गोलकिपर : १) किरण कुमार लिम्बु २) रितेश थापा र ३) बिशाल श्रेष्ठ
डिफेण्डर : ४) सागर थापा ५) सन्दिप राई ६) रोहित चन्द ७) बिराज महर्जन ८) रबिन श्रेष्ठ, ९) सबिन्द्र श्रेष्ठ , १०) बिजय धिमाल र ११) अनन्त तामाङ
मिडफिल्डर : १२) जगजित श्रेष्ठ, १३) राजु तामाङ, १४) भोलानाथ शिलवाल १५) बिजय गरुङ, १६) बिक्रम लामा, १७) निराजन खड्का, १८) प्रकाश बुढाथोकी , १९) टंकबहादुर बस्नेत र २०) टेकबहादुर बुढाथोकी
स्ट्राइकर : २१) जुमानु राई, २२) भरत खवास , २३) सन्तोष साहुखल, २४) अनिल गुरुङ, २५) बिमल घर्तीमगर

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here