४–२ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले उपाधि जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

४–२ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले उपाधि जित्यो

Share This
२७ साउन । भुटानमा सम्पन्न किङ्सकप फुटवलको उपाधि नेपालको मनाङ मस्र्याङ्दी क्लवले जितेको छ ।
भुटानको चाम्लिमिन्थाङ स्टेडियममा आइतबार भएको फाइनल खेलमा मनाङ मस्याङदी क्लबले यदजिन फुटबल क्लबलाई दुईका विरुद्ध चार गोल अन्तरले पराजित गदै उपाधी माथि कब्जा जमाउन सफल भएको हो ।

मनाङलाई जित दिलाउन खेलको ३३ औ मिनेटमा विशाल राईले, ८० औ मिनेट शिवले र खेल सकिनै लाग्दा दिपक राईले समान एक—एक गोल गरेका थिए । यदजिन क्लबका लागी भने चेन्चोले दुई गोल गरेका थिए ।

सेमिफाइनलमा भारतको नम्वर १ फुटवलर मानिने भाइचुङ भुटियाको सिक्किम युनाइटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यसअघि सन् २००४ मा किङ्स कप फुटबलको फाइनलमा थाइल्याण्डको बीईसीसँग पराजित भएर उपाधि विहिन भएर घर फर्केको मनाङ र्मस्याङदी क्लवले त्यो अपुरो यात्रालाई यसपटक पुरा गर्न सफल भएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here