नेपाली विद्यार्थीको चित्रकला लिन जापानीहरु नेपालमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाली विद्यार्थीको चित्रकला लिन जापानीहरु नेपालमा

Share This
बलराम प्यासी
२६ साउन । साना नेपाली विद्यार्थीहरुले कोरेको चित्रकला संकलन गर्न जापानी टोली नेपाल आएको छ । विभिन्न विषयमा नर्सरीदेखि ६ कक्षासम्मका १५० जना विद्यार्थीहरुले कोरेको चित्रकला लिन जापानको एशोसियसन अफ एजुकेशनल इन्फरमेशन फर इन्टरनेशनल कम्युनिकेशन (एइआईआईसी) का महासचिव हिरोहुमी कोबायाशी तथा जापानको विभिन्न प्राथमिक विद्यालयमा चित्रकला सिकाउँदै आएका चित्रकलावीज्ञ सुजुइशी हिरोयुकी नेपाल आएका हुन् ।
सो संस्थाको नेपालस्थित सम्पर्क विद्यालय ग्रामर पब्लिक उच्चमाबि कोटेश्वरको संयोजनमा शनिबार जापान पठाउनका लागि १५० जना विद्यार्थी सो उच्च माविमा व्यस्त थिए । विभिन्न विषयमा चित्र बनाउँदै थिए । ग्रामर पब्लिक उच्चमावि, अन्नपूर्ण उच्चमावि सिनामंगल, माउण्ट सेब स्कुल जडिबुटी, भिमेश्वर एकेडेमी काँडाघारी, नेक्सस स्कुल, मोनास्टिक स्कुल, सिटी पब्लिक स्कुल, दिपिका स्कुल, एपोलो स्कुल, वेस्ट ग्रुप भिजनलगायतबाट १५० जना विद्यार्थीले चित्रकलामा सहभागी थिए । विगतका वर्षमा शान्ति, वातावरणलगायतका विषयका शिर्षकमा चित्र नबाउन दिइने गरेतापनि यसपालि भने विद्यार्थीहरुलाई जुनसुकै विषयमा बनाउन पाउने गरि स्वतन्त्र छोडिएको थियो ।

विगतमा चीन, कोरिया, थाइल्याण्ड, भारत र भियतनामका विद्यार्थीहरुवीच यसप्रकारको चित्रकला बनाउने कार्य भएको एइआईआईसीका महासचिव हिरोहुमी कोबायाशीले बताए ।ती देशका विद्यार्थीलाई घरबाट चित्र बनाएर ल्याउने व्यवस्था गरिएतापनि नेपालमा भने पहिलोचोटी र विद्यालयमै चित्र बनाइएको यो नै पहिलो भएको आयोजकले बताए ।

शनिबार विद्यार्थीहरुले तयार गरेका चित्रकलालाई पर्चा (पम्प्लेट) को रुपमा तयार गरि आगामी नोभेम्वरमा काठमाण्डौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा एकहप्तासम्म प्रर्दशनीमा राख्ने पनि महासचिव कोबायाशीले बताए । सो प्रदर्शनीमा जापानका थप १५० जना विद्यार्थीलेत तयार गरेको चित्रकलापनि प्रर्दशनी गरिने उनले बताए । दुबैदेशका विद्यार्थीले बनाएको चित्रकला अर्काे वर्षको मार्चमा जापानको नागानो जिल्लाको वेयदाशी शहरमा पनि एकहप्ता प्रदर्शनीमा राखिने छ ।

नेपालमा चित्रकला प्रदर्शनीताका चित्रकला सम्वन्धी गोष्ठीसमेत राख्ने सोचाईमा छौं, महासचिव कोबायाशीले भने ।
चित्रकलामा सहभागी विद्यार्थीहरुलाई कुनै पुरस्कारको व्यवस्था नगरिएतापनि उनीहरुले प्रमाणपत्रको साथै आफु र आफ्ना साथीहरुले बनाएको चित्रकलाको संग्रह भने पाउने नेपालस्थित आयोजक संस्था ग्रामर पब्लिक उच्चमाबिका अध्यक्ष जयकुमार राई र संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here