इजिप्टमा जारी संकट समाधानका लागि राजनीतिक वार्ता शुरु

२७ साउन । इजिप्टको सर्वोच्च इस्लामीक संस्था अल अझार ग्य्राण्ड इमामले इजिप्टमा जारी संकट समाधानका लागी राजनितिक वार्ता सुरु गरेको छ ।

संस्थाका प्रमुख शेख अहमद अल ताइबले त्यहाँका राजनितिक दलहरुसँग वार्ता गरि समाधानका उपायको खोजी गर्ने बताएका छन् । राष्ट्रपति मोहम्मद मोर्सीलाइ अपदस्त गरिएपछि उत्पन्न संकटका कारण इजिप्टमा समाधानका उपायहरु खोजी हुन थालिएको छ । हजारौंका संख्यामा मोर्सीका समर्थकहरुले दिनहुँ जसो प्रदर्शन गरेपछि त्यहाँको जनजीवन अस्तव्यस्त हुदै आएको छ ।

गत जुलाई ३ मा, सेनाले राष्ट्रपति मोर्सीलाइ अपदस्त गरे पनि भएको प्रदर्शनमा हालसम्म २ सय ५० जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...