
विराटनगरबाट काठमाडौ आउँन लागेका भारतीनय नागरिकको चेक जाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मध्यप्रदेशका ४५ वर्षीय सुरेशसिंह कुसवाह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कुसवाहकोसाथबाट प्रहरीले लुकाइछिपाइ राखेको १ हजार दरका १५० थान भारु र ५०० दरका २०० थान भारु फेला बरामत गरेको छ ।
बुद्ध एयरको नियमित उडानमा काठमाडौँ आउन लागेका कुसवाहको साथबाट उक्त प्रतिबन्धित भारु फेला परेपछि थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको विमानास्थल सुरक्षा पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment