विवादकैबीच महिला युथ फोर्स गठन

३ भदौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायतका शिर्ष नेताहरुले युथ फोर्सको भेला नगर्न निर्देशन दिएपनि भेलाले भने महिला युथ फोर्स गठन गरेको छ ।

देशमा बढेका बलात्कार र महिला हिंसा रोक्ने, चुनावमा मतदाताको सुरक्षा गर्ने र तथा देशै सुरक्षा दिने भन्दै धरानबाट एमालेको नयाँ लडाकु शक्तिका रुपमा ‘महिला युथ फोर्स’ गठन गरेका छन् ।
पचहत्तर जना सदस्य रहेको महिला युथ फोर्सको अध्यक्ष निरु पाल रहेकी छिन् ।

महिलाहरुमाथि बलात्कार र लैङगिक हिंसा बढेकाले पुरुषहरुसंग पनि भिड्न महिला फोर्स गठन गरेको पालको भनाई छ । एमाले उपाध्यक्ष बिद्या भण्डारी र सचिव शंकर पोखरेल लगायतका नेताहरु सहभागि भएको कार्यक्रममा दुई दिनसम्म चल्ने बताइएपनि आफ्नै पार्टीका अन्य नेता तथा कार्यकर्ताका कारण कार्यक्रम एक दिन मै सकिएको छ । तर शिर्ष नेतृत्वको निर्देशन विपरित गठन भएको महिला युथ फोर्सपछि भने पार्टी विवादको चुलीमा पुगेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...