स्तनपान सप्ताह विविध कार्यक्रम गरी मनाइँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्तनपान सप्ताह विविध कार्यक्रम गरी मनाइँदै

Share This
१७ साउन । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिनन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यो वर्ष शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं भन्ने नारा राखिएको छ ।

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढाउन, जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउनेको संख्या बढाउन तथा स्तनपानको महत्वका बारेमा स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिन्छ । आमाको बिगौती दुध बच्चाका लागि पहिलो खोप हो भने यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ ।

स्तनपान नगराउनाले बच्चाहरुलाई रोग लाग्ने, शारीरिक विकास अवरुद्ध हुनुका साथै मृत्यु समेत हुने भएकोले बच्चा जन्मेको एक घण्टा भित्रै आमाको दुध खुवाउनुपर्छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ को तथ्यांक अनुसार शीशु जन्मेको १ घण्टाभित्र जम्मा ४५ प्रतिशत आमाले बच्चालाई आफ्नो दुध खुवाउने गरेका छन् ।

१५ प्रतिशत बालबालिकाले त एकदिन पछि मात्रै आमाको दुध खान पाएको तथ्याँकले देखाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here