बाजुरा जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुरा जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

Share This
कृष्ण अविरल ।
१४ भदौ । बाजुराका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।
बाजुराका २८ मध्ये २० वटा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । ढुवानी समस्याका कारण औषधि जिल्ला जनस्वास्थ्य कार्यलयमै थन्किएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले चार महिनाका लागि औषधि तयारी अवस्थामा राखिए पनि वर्षातका कारण ढुवानीमा समस्या भएको जनाएको छ । आवश्यकता अनुसारको औषधि ढुवानी गर्न प्रत्येक स्वास्थ्य संस्थालाई पत्राचार गरिएपनि कोही नआएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर झपिन्द्र पोखरेलले बताउनुभयो । औषधिको अभाव सबैभन्दा बढी कोल्टी क्षेत्रका ११ गाविसमा भएको जनाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here