साताव्यापी स्वर्ण महोत्सव मनाउँदै ‘राखेप’ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साताव्यापी स्वर्ण महोत्सव मनाउँदै ‘राखेप’

Share This
१३ भदौ । राष्ट्रिय खेलकुद परिषद्को स्थापनाको ५० बर्ष पुगेको अवसरमा विहिबारदेखि साताव्यापी स्वर्ण महोत्सव मनाउन सुरु गरेको छ ।
राखेपले स्थापनाको ५० वर्ष पुगेको अवसरमा आगामी १९ गतेसम्म स्थापना स्वर्ण महोत्सव निर्णय गरेको थियो ।
स्वर्ण महोत्वसवका लागि राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले संघकै वरिष्ठ उपाध्यक्ष गंगाराम महर्जनको संयोजकत्वमा २९ सदस्यीय स्वर्ण वार्षिक उत्सव आयोजक समिति गठन गरेको छ । त्यस्तै, ७ सदस्यीय सल्लाहकार समिति र विभिन्न ११ उपसमिति पनि गठन गरिएको छ ।

कार्यक्रम अन्र्तगत आज विहानै प्रभातफेरि गरिएको छ । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठको सहभागितामा भएको प्रभातफेरि दशरथ रंगशालाबाट सुन्धारा, नेपाल वायु सेवा निगम, रत्नपार्क, भद्रकाली, सहिद गेट हुँदै पुनः दशरथ रंगशालमा पुगेर टुंगिएको थियो ।

यसैगरी, आजै पुरुष र महिलाको ३ किलोमिटर दौड पनि हुँदै छ भने आजै तानडोरी प्रतियोगिता हुने राखेपले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here