रमजानको अवसरमा लुगा र नगद पाएपछि असहाय परिवारका ओठमा हाँसो छायो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रमजानको अवसरमा लुगा र नगद पाएपछि असहाय परिवारका ओठमा हाँसो छायो

Share This
१९ साउन । सप्तरीमा रमजानको अवसर पारेर एक संस्थाले गरिब, असहाय, अनाथ, र विधवालगायत ३ दर्जन महिला, पुरुष र बालबालिकालाई लत्ता कपडा र नगद सहयोग उपलब्ध गराएको छ ।
जिल्लाको मुद्दि मोहरम स्मृति कल्याणकारी प्रतिष्ठान नामक संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी ३६ जना गरिब, असहाय, अनाथ, र विधवा महिला, पुरुष र बालबालिकाहरुलाई लत्ता कपडा र नगद सहयोग उपलब्ध गराएको हो ।

प्रतिष्ठानका अध्यक्ष मो. मुसा अन्सारीले सो सामग्री र नगद वितरण गरेका थिए । नयाँ–नयाँ लुगा र नगद पाएपछि गरीब, असहायहरुको अनुहारमा खुशीयाली छाएको थियो ।
रमजानको अवसर पारेर प्रतिष्ठानले आफ्नो स्थापनाकाल देखि नै गरिव, असहाय, अनाथ र विधवाहरु मध्ये छनौट गरेर सहयोग गर्दै आएको र यसबाट आफुहरुलाई निकै सन्तुष्टी प्राप्त गरेको अध्यक्ष अन्सारीले बताए ।

धनाढयहरुले जस्तै गरिव समुदायहरुले पनि रमजानमा राम्रो–राम्रो लुगा र मीठा–मीठा परिकार बनाएर धुमधामकासाथ पर्व मनाउन सकुन् भन्ने उद्देश्यले आफूले वर्षेनी सहयोग गर्दै आएको बताए । समाजसेवी हासिम अन्सारीले मुस्लिम समुदायको महान पर्व रमजानको अवसर पारेर गरिव असहायलाई सहयोग गरेर प्रतिष्ठानले मानवीय क्षेत्रमा उदाहरणीय काम गरेको बताए ।
उनले रमजानको समाप्ती पछि मनाइने महान पर्व इद–उल–फित्र (इद) मा गरिव समुदायका व्यक्तिहरुले पनि उत्साहजनक सहभागिता जनाउन सकोस भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कार्यक्रम गरेर सबैको मन जितेको बताए ।

सो संस्थाले प्रत्येक वर्ष रमजानको अवसर पारेर मर्दसामा गरिब र असहाय समुदायका बालबालिकाहरुलाई निशुलक अध्ययन अध्यापनको व्यवस्था समेत मिलाउँदै आएको छ । यस पल्ट पनि करिब २ दर्जन त्यस्ता बालबालिकाहरुलाई मर्दसामा निशुल्क पठन पाठनको व्यवस्था मिलाइएको अध्यक्ष अन्सारीले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here