जोकोभिच र नाडाल सिन्सीनाटी टेनिसको तेस्रो चरणामा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जोकोभिच र नाडाल सिन्सीनाटी टेनिसको तेस्रो चरणामा प्रवेश

Share This
३१ साउन । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच र स्पेनी राफेल नाडाल जारी सिन्सीनाटी ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन ।
गएराती भएको पुरुष एकल तर्फको दोस्रो चरणको खेलमा सर्बियाली नोभाक जोकोभिचले अर्जेन्टिनी जुवान मोनाकोलाई ७—५ र ६—२ को सोझो सेटमा पराजित गदै अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका हुन । गएराती नै भएको अर्को खेलमा स्पेनी राफेल नाडालले जर्मनीका बि बाकेरलाई ६—२ र ६—२ को सेटमा पराजित गरे ।

बेलायती एन्डी मुर्रेले रसियाका मिखायल योज्नीलाई ६—२ र ६—३ को सेटमा, अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोले रसियाका निकोलय डेभिडेन्कोलाई ७—५ र ७—५ को सेटमा, चेक रिपब्लिकका टोमास बर्डिचले फिनल्याण्डका जार्को निइमिनेनलाई ६—३ र ६—२ को सेटमा तथा स्पेनी टोमी रोबर्टोले स्विजरल्याण्डका स्टानिसलास वावरिन्कालाई ७—५, ३—६ र ६—३ को सेटमा पराजित गदै तेस्रो चरणमा प्रवेश गरेका छन ।

गएराति नै सम्पन्न महिला एकलतर्फको खेलमा अमेरिकी सेरेना विलियम्सले क्यानडाका इ बौचार्डलाई ४—६, ६—२ र ६—२ को सेटमा हराउदै तेस्रँे चरणको यात्रा तय गर्न सफल भइन् । गएराती नै भएको अन्य खेलहरुमा अस्टे«लियाकी सामन्ता स्टोसुर, चिनकी लिना, पोल्याण्डकी अग्नेस्का राडवान्स्का, जर्मनीकी एन्जलीक्यु कारबेर, इटालीकी राबर्टा भिन्सी र डेनमार्ककी क्यारोलिन वज्नियाक्कीले आ—आफ्नो खेलमा जित हात पादै अधिल्लो चरणको यात्रा तय गर्न सफल भएका छिन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here