नाडाल र इस्नर सिन्सीनाटी टेनिसको उपाधिका लागि भिड्ने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नाडाल र इस्नर सिन्सीनाटी टेनिसको उपाधिका लागि भिड्ने

Share This
२ भदौ । स्पेनी राफेल नाडाल र अमेरिकी जोन इस्नर जारी सिन्सीनाटी ओपन टेनिस प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन ।
गएराती भएको पहिलो सेमिफाइनल खेलमा विश्व नम्बर तिन स्पेनी राफेल नाडालले चेक रिपब्लिकका टोमास बर्डिचलाई ७—५ र ७—६ को सेटमा पराजित गदै अन्तिम दुईका स्थान तय गरे । गएराती नै भएको अर्को सेमिफाइनल खेलमा अमेरिकी जोन इस्नरले अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोलाई ६—७, ७—६ र ६—३ को सेटमा हराए । त्यस्तै महिला एकलतर्फको सेमिफाइनल खेलमा अमेरिकी सेरेना विलियम्सले चिनकी लिनालाई ७—५ र ७—५ को सेटमा तथा बेलारुसकी भिक्टोरिया अजारेन्काले सर्बियाकी जेलेना यान्कोभिचलाई ४—६, ६—२ र ६—३ को सेटमा हराउदै फाइनलको यात्रा तय गरेका छन । अब उपाधीका लागी सेरेनाले अजारेन्काको सामना गर्नेछिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here