शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरु मारमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरु मारमा

Share This
१३ भदौ । शिक्षक आन्दोलनका कारण पांच दिनदेखि मकवानपुरका निजी बिद्यालयहरुमा पठनपाठन ठप्प भएको छ ।

जिल्लामा रहेका ७३ निजि बिद्यालय बन्द हुंदा करिब २१ हजार बिद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । तलब बृद्घि, नियुक्ति पत्र, सञ्चय कोष, बिमा लगायत १० सुत्रिय माग राख्दै निजि बिद्यालयका शिक्षकहरु एक महिनाअघिदेखि आन्दोलित छन् ।

नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन नेपाल–ईस्टु र संस्थागत बिद्यालय शिक्षक युनियन इस्टु को अगुवाइमा शिक्षकहरु आन्दोलित भएका हुन् । बन्द खुलाउनका लागि पटकपटक वार्ता भएपनि निष्कर्ष निस्कन नसकेपछि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

कार्यदल गठन गर्ने र त्यसको सिफारिसका आधारमा माग पूरा गर्ने विद्यालय सञ्चालकले बताएपनि शिक्षकहरुले सरकारी बृद्धि अनुसार तत्काल १८ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।

यसैबिच, माग पूरा गराउन दुई दिनदेखि नेपाल–ईस्टुकी केन्द्रिय सदस्य करुणा थापा र शिक्षक दिपक गिरी आमरण अनशनमा बसेका छन् । मकवानपुरका ७३ निजि बिद्यालयमा एक हजार पाँच सय जना शिक्षक कार्यरत छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here