- E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here
१७ साउन । एसी मिलानविरुद्धको क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले एसी मिलानलाई तीनका विरुद्ध पाँच गोलअन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै सिटीका लागि डेभिड सिल्भाले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औ मिनेटमा एम रिचार्डसले गोल गरे ।

खेलको २२ औ मिनेटमा एलेक्जान्द्रर कोलारोभले गोल गर्दै खेललाई तीन–शून्यको स्थितिमा पु¥याए । एक पक्षीय रहेको खेलको ३२ औ र ३६ औ मिनेटमा एडिन डेज्कोले गोल गरे ।

त्यस्तै, एसी मिलानका लागि खेलको ३७ औ र ३९ औ मिनेटमा एस इल सारावेले दुई गोल गरेका थिए । ४३ औ मिनेटमा ए पेटाग्नले गोल गदै खेललाई पाँच–तीनको स्थितिमा ल्याएका थिए । त्यस्तै, गएराति नै भएको अर्को खेलमा बार्यन म्युनिखले साव पाउलोमाथि दुई–शून्य गोलअन्तरको जित दर्ता गराउन सफल भएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here