२८ साउन । “जातीय पहिचान सहितको संघीयताकालागि पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारा सहित बांकेमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघको १४ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
स्थापना दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव आदिबासि जनजाति महासंघ बांकेका अध्यक्ष डम्मर थापामगरले आदिबासी जनजाति समानताकालागि संघर्ष गर्नुपरेको बताउनुभयो । आइतबार आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको १४ स्थापना दिवसको उपलक्ष्यमा बोल्दै थापागमरले आफ्नो मागका कारण अरुको आत्मस्वाभिमान र अधिकारमा आंच नआउने कुरामा आफूहरु सचेत र जिम्मेवार भएको बताए ।
उनले महासंघ जातीय राज्यका पक्षमा नभई पहिचानका पक्षमा भएको स्पष्ट पारे । ‘जातिय प्रदेश हाम्रो माग र मुद्धा होइन’, अध्यक्ष थापा मगरले प्रष्ट संग भने, ‘हाम्रो सवाल पहिचानको हो ।’ पहिचान सहितको संघीयतामा उनको जोड थियो ।
आदिबासी जनजाति पत्रकार महासंघ बांकेका अध्यक्ष उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रणप्रसाद रानामगर, सल्लाहकार पूर्णलाल चुके, संस्थापक सदस्यहरु गोपि बुढामगर, करुणा थापामगर, अशोक श्रेष्ठ, रविन्द्रमान शेरचन र फोनिजको पोखरामा भएको ५ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित दिपा आलेमगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, महासंघ जिल्ला अध्यक्ष डम्मर थापामगरले उनीहरुलाई कदरपत्र, खादा र अविरको टिका लगाई सम्मान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बांकेका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारी अध्यक्ष भेषराज बस्नेत, फोनिजका संस्थापक सल्लाहकार पूर्णलाल चुके, संस्थापक अध्यक्ष रणप्रसाद रानामगर, केन्द्रिय सदस्य दीपा आले लगायतले बोलेका थिए । उनीहरुले पत्रकार कुनै जाति विशेषको नभई पछाडि परेका जाति, वर्ग, क्षेत्रको मुद्धालाई वकालगत गर्नुका साथै विशेषगरी आवाज विहिनहरुको आवाजलाई राज्यसमझ पुराउन पत्रकारको जिम्मेवारी भएको बताए । महासंघ बांकेका उपाध्यक्ष शोभा गुरुंगले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव प्रेरणा तामांगले गरेका थिए । फोनिजको १४औं स्थापना दिवस मनाउन बांके फोनिजले केक काटेर मनाएका हुन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बांकेमा फनिजले भव्यरुपमा मनायो १४औं स्थापना दिवस
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment