विश्वकै चर्चित खेल इंग्लिस प्रिमियर लिग शनिबारबाट हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विश्वकै चर्चित खेल इंग्लिस प्रिमियर लिग शनिबारबाट हुँदै

Share This
३२ साउन । विश्वकै बहुचर्चित इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता शनिबारबाटण् सुरु हुँदैछ । खेलको पहिलो दिन सात वटा खेल हुँदैछन् । उद्घाटन खेलमा लिभरपुलले भ्रमणकारी टोली स्टोक सिटीको सामना गर्नेछ ।
त्यसैगरी, साविक विजेता म्यानचेष्टर युनाईटेडले स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्दा आर्सनलले एष्टन भिल्लाको सामना गर्नेछ ।

कुल २० टोलीको सहभागिता रहने प्रिमियर लिगमा कार्डिफ सिटी, क्रिस्टल प्यालेस र हल सिटी जारी सिजनका नयाँ टोली हुन् । फुटबल लिग च्याम्पियनसीपको शीर्ष तीन स्थानमा अटाउन सफल भएपछि यी तीन टोली प्रिमियर लिगमा बढुवा भएका हुन् ।

त्यस्तै स्पेनिस फुटबल लिग ला लिगाको नयाँ सिजन पनि भोलिबाटै सुरु हुँदैछ । भोलि तीन खेल हुँदैछन् ।

कुल २० टोलीले नै प्रतिस्पर्धा गर्ने ला लिगामा भिल्लारियाल, अल्मेरिया र एल्चे जारी सिजनका नयाँ टोली हुन् । ‘बी’ डिभिजनमा शीर्ष तीन स्थानमा अटाउन सफल यी तीनै टोली ए डिभिजनमा उक्लिएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here