
लैनचौरस्थित टेबल टेनिस हलमा शुक्रवार सुरु भएको प्रतियोगिताबाट राष्ट्रिय टोलीका लागि आठ पुरुष र आठ महिला खेलाडी छनोट गरिने अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ । प्रतियोगिताका ३२ महिला र ३२ पुरुष गरी कुल ६४ खेलाडीरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन नेपाल नम्बर एक अजय सिवालले दुई खेलमा जित हात पारेका छन् । अजयले पहिलो चरणमा राकेश मर्हजनलाई ११–७, ११–८ र ११–६ ले पराजित गरे । त्यस्तै, दोस्रो चरणको खेलमा अजयले विवेक कवालाई ११–२, ११–६ र ११–३ ले पछि पार्दै अघिल्लो चरण प्रवेश गरे । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम निर्माण गर्ने अभियान स्वरुप टेबल टेनिस संघले प्रतियोगिता सञ्चालन गरेको हो । छनोट प्रतियोगिता खेल दुई दिनसम्म सञ्चालन हुनेछ ।
No comments:
Post a Comment