भगवान् कृष्णको पूजा आराधना गरी कृष्ण जन्माष्टमी पर्व मनाइदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भगवान् कृष्णको पूजा आराधना गरी कृष्ण जन्माष्टमी पर्व मनाइदै

Share This
१२ भदौ । आज कृष्ण जन्माष्टमी । परम्पराअनुसार आज मुलुकका विभिन्न कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गरिदैछ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सनातन धर्मावलम्बीहरूले विभिन्न मठ मन्दिरमा पुगेर पुजा आराधना गरिरहेका छन् । पौराणिक ग्रन्थहरूमा द्वापर युगमा मथुरामा भदौ कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको उल्लेख छ । आज विहानैदेखि पाटनको कृष्ण मन्दिरलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको घुइ“चो लागेको छ । पूजा तथा भगवान् श्रीकृष्णको आराधना गर्ने क्रम आज राति १२ बजेसम्म जारी रहने छ । कृष्णाष्टमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादव आज बिहान पाटनको कृष्णमन्दिरमा जाने कार्यक्रम रहेको छ । कृष्ण जन्माष्टमीका अवसरमा सरकारले सार्वजनिक मुलुकभर सार्वजनिक बिदा दिँदै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here