जोकोभिच र नाडाल रोगर्स कप टेनिस खेलको चौथो चरणमा प्रवेश

२५ साउन । सर्बियाली नोभाक जोकोभिच र स्पेनी राफेल नाडाल रोगर्स कप टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

क्यानडमा जारी प्रतियोगितामा गएराति भएको खेलमा, बिश्व नम्बर एक सर्बियाली नोभाक जोकोभीकले उज्वेकिस्तानका डेनिस इस्टोमिनलाई २–६, ६–४ र ६–४ को सेटमा पराजित गरे । पहिलो सेटमा सहजै पराजित भएका प्रतियोगिताका डिफेन्डिङ च्यम्पियन नोभाक जोकोभिकले त्यसपछिका दुबै सेटमा उत्कृष्ट प्रर्दशन गरि खेल आफ्नो पक्षमा पारेका थिए । त्यसैगरी, विश्व नम्बर चार स्पेनी राफेल नाडालले पोल्याण्ड्का जेरी जानेबिचलाई ७–६ र ६–४ को सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरे ।

यस बर्षका विम्बल्डन च्यम्पियन बेलायती एन्डी मुर्रे तेस्रो चरणमा लाटिभियाका अरनेस्ट गुलबिससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैगरी गए रातिनै भएको खेलमा अर्जेन्टिनी जुवान मार्टिन डेल पोट्रो क्यानडाका मिनोस राओनीकसंग पराजित भइ खेलबाट बाहिरिए । त्यस्तै चेक रिपब्लीकका थोमस बर्डिच क्यानाडाका भास्का पोसपिसिलसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...