२ भदौ । किसानले पातलो दूध ल्याएको भन्दै डेरी सञ्चालक आन्दोलनमा उत्रिएपछि दुग्ध उत्पादक किसान र डेरी सञ्चालकबीच द्वन्द्व चर्किएको छ ।
शनिबार दुग्ध किसानले आप्mनो दूध डेरी सञ्चालकलाई नदिई सडकमा लगेर बिक्री गरे भने डेरी सञ्चालकले पनि दुग्ध विकास संस्थानको दूध ल्याएर बिक्री गरे । सुर्खेत डेरी एसोसिएसनले किसानले पूर्वसहमति विपरित गुणस्तरीय दूध नल्याएको भन्दै शनिबारदेखि आन्दोलन थालेको छ । उसले किसानको दूध खरीद नगरी नेपालगन्जस्थित दुग्ध विकास संस्थानको दुध भित्र्यायो ।
किसानहरु पनि आफैले दूध बेचेर डेरी एसोसिएसनको निर्णयको प्रतिकारमा उत्रिए । ‘हामीमाथि पानी मिसाएको दूध ल्याएको भन्ने आरोप सरासर गलत हो,’ जर्बुटाका एक किसानले भने, ‘बरु उहाँहरु आफैले दूधमा पानी मिसाउन पाइएन भनेर आन्दोलनको नाटक गर्नुभएको हो ।’ यता एसोसिएसनका अध्यक्ष उत्सव प्याकुरेलका अनुसार चैत ६ गते सरोकारवाला, दुग्ध किसान र एसोसिएसनबीच दूधको स्तर कायम गर्ने विषयमा सहमति भएको थियो ।
सहमतिविपरित किसानले दूधमा पानी मिसाएर ल्याउन नछोडेपछि समस्या भएको भनाइ छ । ‘दूधमा पानीको मात्रा घटाउन जति आग्रह गरे पनि सकिएन,’ प्याकुरेलले भने, ‘हामी व्यवसायी भएकोले पानी हालेको दूध उपभोक्तालाई दिन सक्दैनौँ ।’
सुर्खेत उपत्यकामा दैनिक सात हजार लिटर दूध आवश्यक पर्ने भए पनि अहिले करिब चार हजार पाँच सय लिटरमात्र आपूर्ति हुने गरेको एसोसिएसनले जनाएको छ । डेरी सञ्चालक र दुग्ध उत्पादनक किसानको आन्दोलनले सुर्खेतमा दूधको अभाव देखिएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओलीका अनुसार– ‘गुणस्तरीय दूध पाउनु उपभोक्ताको अधिकार भएकोले किसान वा डेरी सञ्चालकले यसमा जिम्मेवार हुनुपर्छ,किसानले पानी हालेको दूध बेच्नु आपूmजस्तै उपभोक्तालाई ठगी गर्नु हो,’ उनले भने, ‘यस्तो ठगीलाई रोक्न सबै निकाय सचेत हुनुपर्छ ।’
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

डेरीमा होइन सडकमै दूधको व्यापार (फोटो फिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment