इराकमा श्रृंखलावद्ध बम विष्फोटबाट ९० जनाको मृत्यु (अपडेट)

२६ साउन । इराकको राजधानी बग्दाद लगायतका बिभिन्न क्षेत्रमा भएको श्रंखलाबद्ध बम बिस्फोटमा ९० भन्दा बढिको मृत्यु भएको छ ।

मुसलमान समुदायका अवसरमा इद पर्व मनाइरहेको मौका पारी गराइएको बिस्फोटमा अन्य ३ सय जना घाइते भएका छन् । कारमा राखिएको बिस्फोटक पद्धार्थ बिस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा केहि भवनहरुमा समेत क्षती पुगेको छ । इराकमा भएको बिस्फोटमा परि यो महिनामा करिब ६ सय ७० जनाको मृत्यु भैसकेको छ भने ९ हजार जना घाइते भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...