४ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोली भारतको यु–२३ टोलीसँग ८४ रनले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतको यु–२३ टिमले जीतका लागि नेपाललाई दुई सय ६९ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै भारतले दुई सय ६८ रन बनाएको हो ।
भारतको इनिङमा ओपनर लोकेश राहुलले सर्वाधिक ८८ रनको योगदान दिए । यस्तै सूर्यकुमार यादवले ६५ रनको योगदान दिए । यस्तै अर्का ओपनर उन्मुक्त चन्दले ६१ रन बनाए । लोकेश आइपीएलमा रोयल च्यालेन्जर्स व्याङग्लोरका तर्फबाट खेल्छन । उनी भारतीय यु १९ टिम कप्तान हुँन । यस्तै आइपीएलमा दिल्ली डेयरडेभिल्सका तर्फबाट खेल्छन ।
बलिङतर्फ नेपालका बसन्त रेग्मीले तीन विकेट लिए । यस्तै, शक्ति गौचन र अभिनास कर्णले एक एक विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको नेपालले ८ विकेटको क्षतीमा ५० ओभर खेल्दै १८४ रन बनाएको थियो। नेपालकालागि सागर पुनले आउट नभई सार्वाधिक ५२ रन बनाएका थिए। उनले अर्धसतक बनाउँदा ६१ बलमा ७ चौका हानेका थिए। त्यसैगरि ओफनर सुवास खकुरेलले २९ रनको योगदान गरेका थिए। भारतकालागि अंकित बावनेले ३ विकेट लिएका थिए भने जसप्रित बुमराह र सन्दिइ वारियरले २(२ विकेट हात पारेका थिए।
खेलमा नेपालले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुवातदेखि नै भारतीय ब्याट्सम्यानले खुलेर खेल प्रदर्शन गरेका थिए । अफगानिस्तानसँगको खेलमा चम्किएको नेपाली बलिङ भारतीय ब्याट्सम्यान सामु निरीह बनेको थियो । प्रारम्भिक व्याट्सम्यानले सतकीय इनिङको साझेदारी गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment