४ भदौ । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोडने सर्लाहीको नवलपुर–मलंगवा मुख्य सडक निर्माण कार्य अलपत्र बनेको छ ।
भारतीय सहयोगमा निर्माण सुरु भएको सडक पीच गर्न ठेकेदार कम्पनीले पाएको समय सीमा गुज्रिसम्दा समेत पुरा नभएपछि सडक अलपत्र बनेको हो ।
३० महिनामा पिच सक्नेगरी ठेक्का पाएको भिस्वा कन्सट्रक्सनले २८ महिना बितिसक्दा २६ किलोमिटरमध्य ५ किलोमिटरमा माटो हाल्ने काम मात्रै गरेको छ । सड्कको पुर्व भारतीय राजदूत जयन्त प्रसादले ०६९ वैशाख १४ गते शिलान्यास गरेका थिए ।
राजदूतले शिलान्यास गरेको सडक तत्कालै बन्ने आशामा बसेका स्थानीय भने ढिलाइ भएपछि निराश बन्नुका साथै कष्टकर यात्रा गर्न बाध्य छन् । भिस्वा कन्सट्रक्सनले सर्लाहीका दुई, महोत्तरीको दुई र धनुषाका सडककको समेत ठेक्का पाएपनि काम भने अलपत्र पारेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेका सडक भारतले नै टेण्डर निकालेर ठेक्का लगाएकोले प्रशासनलाई दवाब दिन समस्या भइरहेको बताउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सडक निर्माणकार्य अलपत्र बन्दा स्थानीयलाई सास्ती
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment