प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवलको उपाधि प्रहरीलाई - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवलको उपाधि प्रहरीलाई

Share This
१९ साउन । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा मिति २०७० श्रावण १४ गतेबाट संचालन भएको “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” को आज मिति २०७० श्रावण १९ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहकाबीच कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको नेपाल पुलिस महिला फुटवल टिम र त्रिभुवन आर्मी महिला फुटवल टिमबीच भएको फाईनल खेलमा नेपाल प्रहरी महिला फुटवल टिम १–० गोलले विजयी भएको छ ।
प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित उक्त समापन समारोहमा महारथी श्री ज.ब.रा.ले प्रतियोगितामा सर्बप्रथम हुने नेपाल पुलिस महिला फुटवल टिमलाई शिल्ड र नगद रु.३,००,०००
(तीन लाख), नेपाल फुटवल संघका पदाधिकारीहरु, सहभागी टिमलाई प्रशंसापत्र वितरण गर्नु भएको थियो । त्यसैगरी द्वितिय तथा तृतीय हुने त्रिभुवन आर्मी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिमलाई रक्षा सचिव आत्मराम पाण्डेले क्रमशः नगद रु १,५०,००० (एकलाख पचास हजार) र रु ७५,००० (पचहत्तर हजार) प्रदान गर्नु भएको थियो । उक्त अवसरमा प्रथम हुने नेपाल पुलिस महिला फुटबल टिमका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवराज लामाले, द्वितिय हुने त्रिभुवन आर्मी महिला फुटवल टिमका खेलाडीलाई नेपाल फुटवल संघका अध्यक्ष गणेश थापाले र तृतिय हुने सशस्त्र प्रहरी महिला फुटवल टिमका खेलाडीलाई बलाध्यक्ष रथी नेत्र बहादुर थापाले पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
सोहि अवसरमा महिला फुटवल समितिका अध्यक्ष कल्पना पिया श्रेष्ठले रेफ्रि तथा अफिसियलहरुलाई कदरपत्र प्रदान गर्नु भएको थियो । साथै सहभागी खेलाडीहरुमध्ये उत्कृट चार पोजिसन खेल्ने खेलाडीहरु मध्ये गोलकिपरमा नेपाल पुलिस महिला फुटवल टिमकी नमिता कुमारी दलि, डिफेन्डरमा नेपाल पुलिस महिला फुटवल टिमकी धिमकुमारी गुरुङ्ग, मिडफिल्डरमा त्रिभुवन आर्मी महिला फुटवल टिमकी दिपा अधिकारी, फर्वार्डमा त्रिभुवन आर्मी महिला टिमकी कृष्णा खत्री र उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिस महिला फुटवल टिमका सन्देश श्रेष्ठलाई प्रधानसेनापति महारथी श्री गोरव शम्शेर राणाले नगद रु १०००० र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस महिला फुटवल टिमकी निरु थापालाई स्कुटर प्रदान गर्नु भएको थियो । नकआउटका आधारमा संचालन गरिएको उक्त प्रतियोगितामा पांचै विकाश क्षेत्रका महिला फुटवल टिम लगायत विभागीय टिमहरु त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम गरी कुल ८ वटा टिमले भाग लिएका थिए । उक्त समापन समारोह कार्यक्रममा रक्षा सचिव आत्मराम पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, नेपाल फुटवल संघका अध्यक्ष गणेश थापा, महिला फुटवल समितिका अध्यक्ष कल्पना पिया श्रेष्ठ, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद उत्थानको लागि सदैव लागि परेको छ । नेपाली सेना त्रिभुवन आर्मी क्लवमा विभिन्न बिद्याका खेलाडीहरुलाई प्रशिक्षण गराई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउदै आईरहेको सन्दर्भमा राष्ट्रिय स्तरमा महिला फुटवलको स्तर अभिबृद्धि तथा महिला खेलाडीहरुलाई समाबेशिकरण र समान अवसर प्रदान गर्ने उद्देश्य सहित नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल महिला संघको प्राविधिक सहयोगमा आयोजित “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७०” मा क्षेत्रिय स्तरका महिला खेलाडीहरुले गरेको प्रदर्शन, पेशागत दक्षता तथा खेल प्रति बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा यसै खेल निरन्तरताको आवश्यकता महसुश गराएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here