सरकार प्रमुखको आग्रह लत्याए अनसनमा बसेका अधिकारी दम्पतीले - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सरकार प्रमुखको आग्रह लत्याए अनसनमा बसेका अधिकारी दम्पतीले

Share This
१४ भदौ । अधिकारी दम्पत्ति अहिले पनि अनशनमा छन । महिना दिन देखिको अनशनले उनीहरु शरिर ठाडो हुने अवस्थामा छैन तर मन यति जब्बर छ कि सरकार प्रमुले दिएको स्वास्थ्यको ख्याल गरेर अनशन फिर्ता लिन गरेको आग्रह समेत लत्याइदिएका छन ।
गोरखाका राजा रामशाहको पालामा न्याय नपाए गोरखा जानु भन्ने उखान चल्तिमा थियो । उनकै सन्तान पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे । तर,अहिले गोरखा फुजेलका अधिकारी दम्पत्ती न्यायको माग गर्दै भौतारिरहेका छन । न्याय नपाए सम्म अनसन नतोड्ने संकल्प लिएका गोर्खाका अधिकारी दम्पत्ति अझैपनि त्यहि अडानमा छन् । गत माघ बाट अनसन शुरु गरेका उनीहरु साउन ८ गतेबाट त आमरण अनसनमै छन् । तर सरकारले भने अधिकारी दम्पत्तिलाई भेट्न र उनीहरुको स्वास्थ्य स्थिति बुझ्न भर्खर मात्र फुर्सद पाएको छ । उनीहरुको अवस्था नाजुक बन्दै गएपछि मात्र सरकार र दलका नेताले उनिहरुलाई भेट्न र आशसन दिन थालेका हुन् । अहिले अधिकारी दम्पत्तिलाई स्वास्थ्य अवस्था बिग्रिएकै कारण अस्पतालले कसैलाई पनि भेट्न दिएको छैन । तर विहिवार मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी सहितको सरकारी टोलिले भने अधिकारी दम्पत्तिलाई भेटेर अनसन तोड्न आग्रह गरेको छ । यसअघि बालुवाटार अघिनै अधिकारी दम्पत्ति अनसन बस्दा भेट गर्नु त परै जाओस एक नजर पनि नलगाएका अध्यक्ष रेग्मी विहिवार भने गृहमन्त्री माधवप्रसाद घिमिरे र मुख्य सचिव लिलामणी पौडेल सहित विर अस्पताल पुगे । टोलिले छानविन अघि बढेकोले अनसन तोडेर स्वास्थ्यको ख्याल गर्न अधिकारी दम्पत्तिलाई सुझाव दिएको छ । अहिले विर अस्पताल धाउने सरकारका प्रतिनिधि र दलका नेताहरुको लर्को वाक्लै छ । तर, काम भन्दा कुरा बढि गर्ने नेता र सरकारका प्रतिनिधिले अधिकारी दम्पत्तिलाई भेटर आश्वसन दिएपनि छानविन प्रकृया भने खासै अघि बढेको देखिदैन । अहिले अधिकारी दम्पत्तिका आँखा टोलाएका छन् । शरीर पनि शिथिल बन्दै गएको छ । हेर्दा यस्तो लाग्छ कि उनीहरु जीवनको अन्तिम सास लिइरहेका छन् । तर पनि जब सम्म आफ्ना छोराका हत्यारालाई कारवाहि हुदैन तब सम्म अनसन नतोड्ने यी दम्पत्तिको संकल्प छ । २०६३ सालमा एमाओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेल र अन्य माओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्ण्ँु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । कारवाहीको आश्वासन चाहि अधिकारी दम्पत्तिले वल्ल पाउन थालेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here