जोकोभिच र मुर्रे सिन्सीनाटी टेनिसको क्वार्टरफाइनलमा प्रवेश

३२ साउन । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच र बेलायती एन्डी मुर्रे सिन्सीनाटी ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेका छन ।

गएराती भएको पुरुष एकल तर्फको तेस्रो चरणको खेलमा सर्बियाली नोभाक जोकोभिचले बेल्जीयमका डेभिड गोफिनलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन । त्यस्तै अर्को खेलमा बेलायती एन्डी मुर्रेले जुलियन बेनेट्युलाई ६–२ र ६–२ को सोझो सेटमा हराए । स्पेनी राफेल नाडालले बुल्गेरियाका ग्रिगोर डिमिट्रोभलाई ६–२ ५–७ र ६–२ को प्रतिस्प्रर्धात्मक सेटमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरे ।

त्यस्तै, स्विस रोजर फेडेरर्ले जर्मनीका टोमी हासलाई १–६, ७–५ र ६–३ को सेटमा हराउँदै क्वाटरफाइनलमा पुगे । यता विश्व नम्बर ३ स्पेनी डेभिड फेरर् भने तेस्रो चरणमा रशियाका डिमिट्री टुरसोनोभसंग ६–२ र ६–४ को सेटमा हार्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गएराति नै भएको महिला एकल तर्फको खेलमा अमेरिकी सेरेना विलियम्सले जर्मनीकी मोना बारथेललाई ६–४ र ६–१ को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरिन । त्यसैगरी बिश्व नम्बर २ बेलारुसकी भिक्टोरिया अजारेन्काले स्लोभाकीयाकी म्यागडेलन राइबरेन्कोसंगको खेलमा ६–३ र ६–४ को सेटमा पराजित गरिन । गएराती नै भएका अन्य खेलमा पोल्याण्डकी अग्नेस्का राडवान्स्का, चिनकी लिना र जर्मनीकी एन्जलीक्यु कारबेरले आ—आफ्नो खेलमा जित हात पादै क्वाटरफाइनलको यात्रा तय गरेका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...