वैदेशिक रोजगार व्यवसायमा विकृति बढ्दो, नियमन गर्ने निकाय भने मौन

३० साउन । कामको खोजीमा विदेशिने युवाको संख्यासंगै वैदेशिक रोजगार व्यवसायमा विकृति बढेको छ ।

सरकारले अधिकतम लागत तोकिदिएका देशमा जाने युवासंग दोब्बर रकम असुल्छन, म्यानपावर कम्पनी । त्रिभुवन विमानस्थल नजिकैको एउटा म्यानपावर कम्पनीले मलेसिया जाने युवासंग सरकारले तोके भन्दा दोब्बर रकम असुलेको छ । तर वैदेशिक रोजगार विभाग भने मौन छ ।

सरकारले मलेसिया जाने नेपाली कामदारसंग बढीमा ८० हजारसम्म लिन पाउने व्यवस्था गरेको छ । तर मलेसिया जाने युवासंग म्यानपावर कम्पनीले १ लाख ७० हजारसम्म लिने गरेको वैदेशिक रोजगारीमा जान लागेका युवाश्रमशक्तिहरुले बताएका छन् ।
काठमाडौको त्रिभुवन अन्तराष्टिय विमानस्थल नजिकै रहेको एम.डी ओभरसिज र करियर ओभरसिजमार्फत विदेश जान लागेका युवाहरुले खाडी मुलुकको लागि आफूहरुले १ लाख ५० हजार भन्दा बढी रकम तिर्ने गरेको जनाएका छन् । म्यानपावरलाई सरकारले तोकेको भन्दा दोब्बर रकम तिरेको बताए पनि एमडी ओभरसिज भने कानुन विपरित रकम नलिएको दाबी गर्छ । म्यानपावरका अनुसार विदेश जान लागेका युवाहरुलाई म्यानपावरसम्म लाउने एजेन्टहरुबाट बढी रकम असुल भएको हुन सक्ने बताए । आफन्तहरुले नै ठगेको भए थाहा भएन, आफूहरुले तोकिएको रकमभन्दा बढी रकम लिदैनौं ।’
एजेन्टहरु युवाहरुलाई म्यानपावरसम्म ल्याउने उनीहरुकै, काका, भतिज, दाजुभाई, छरछिमेकी, आफन्त नै हुन्छन् । उनीहरुले नै युवाहरुबाट बढी रकम असुल्ने गर्छन भने म्यानपावर जवाफदेही नहुने म्यानपावर संचालकहरुको भनाई छ ।

सरकारले १० वर्षअघि मलेसिया जाने नेपाली कामदारको लागत खर्च ८० हजार तोकेका थियो । तर, अहिले मलेसियाबाट कामदारको कोटा पठाउने ऐजेन्टलाई कमिशन वुझाउनुपर्ने र डलरको मुल्य समेत वढेकाले कामदारको लागत वढेको एमडी ओभरसिज संचालकको भनाइ छ । म्यानपावर कम्पनीले मलेसिया मात्र हैन कतार, साउदी अरेविया, सयुक्त अरव इमिरेट्स जाने कामदारसंग मनलाग्दी रकम लिने गरेका छन् । तर, नियमन गर्ने निकाय वैदेशिक रोजगार विभाग भने मौन छ । विभागले वढी रकम लिएको उजुरी कसैले नगरेकाले कारवाही गर्न नसकिएको भन्दै पन्छिदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...