बुन्डेस लिग फुटबल शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बुन्डेस लिग फुटबल शुरु

Share This
२६ साउन । यो सिजनको जर्मन बुन्डेस लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
गएराती भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्यनिखले बोरुसिया एम ग्लाडवाचलाई १ का विरुद्ध ३ गोल अन्तरले हराउन सफल भएको छ । खेल सुरु भएको १२औं मिनेट बित्न नपाउदै बार्यन म्युनिखका लागी ए रोबेनले पहिलो गोल गदै क्लबलाई अग्रता दिलाएका थिए । खेलको १६औ मिनेटमा एम मान्डजुकिकले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा बोरुसियाकालागी डोन्टेले गोल गदै खेललाई दुई—एकको स्थितीमा पु¥याएका थिए ।

खेलको पहिलो हाफसम्म २—१ गोल अन्तरले अगाडी रहेको बार्यन म्युनिखका लागी ६९औं मिनेटमा डेभिड अल्बाले पेनाल्टी मार्फत गोल गरेपछि बोरुसिया एम ग्लाडवाच स्तब्ध भएको थियो । जितपछि बार्यन म्युनिखले महत्वपुर्ण तिन अंक बटुलेको छ । गत सिजनमा बोरुसियाले लिग तालिकाको आठौंं स्थानमा चित्त बुझाएको थियो । बुन्डेस लिगमा कुल १८ टोली सहभागी छन । जसमध्ये शीर्ष तीन च्याम्पियन्स लिगकालागि छनौट हुनेछन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here