श्रीलंकाविरुद्धको टी–ट्वान्टीमा दक्षिण अफ्रिका विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

श्रीलंकाविरुद्धको टी–ट्वान्टीमा दक्षिण अफ्रिका विजयी

Share This
१९ साउन। श्रीलंकाविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।
पाँच एक दिवसीय क्रिकेटको श्रृङखला ४– १ गुमाएको अफ्रिकाले ट्वान्टी ट्वान्टीमा १२ रनको जित निकालेको हो ।
१ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । श्रीलंकाका कुमार सांगकाराले आउट नभई ५९ रन जोड्दा अरु ४ जनाले खातानै खोल्न सकेनन् भने तीन जनाले दोहोरो अंकको स्कोर गर्नपनि असफल भए ।
श्रीलंकालाई रोक्ने क्रममा अफ्रिकाका जेपी डुमेनीले ३, मोर्केल र पर्नेलले समान २ दुई विकेट लिएका थिए ।
पहिला व्याटिङ गरको अफ्रिकाले ६ विकेट गुमाउदै १ सय १५ रन जोडेको थियो । उसकालागि डुमेनीले सर्वाधिक ५१ तथा डेभिड मिलरले २५ रन जोडेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here