युएफा फुटबल प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जित्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

युएफा फुटबल प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जित्यो

Share This
१५ भदौ । जर्मन फुटबल क्लव बायर्न म्युनिखले युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
चेक गणतन्त्रको प्रेगमा गए राती सम्पन्न रोमाञ्चक र नाटकीय खेलमा दश खेलाडीमा सिमित चेल्सीलाई बयार्न म्युनिखले पेनाल्टी सुट–आउटमा ५–४ ले हराउँदै उपाधिमाथि आफ्नो नाम लेखाएको हो ।
खेलको निर्धारित र थप ३० मिनेटको समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि नतिजा टाई–ब्रेकरबाट निकालिएको हो ।

आठौं मिनेटमा फर्नान्डो टरेसको गोलमा चेल्सीले अग्रता लिएको थियो भने ४७ औं मिनेटमा फ्राँक रिबेरीको गोलमा बायर्नले बराबरी ग¥यो । ९३ औं मिनेटमा एडिन हजार्डको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो । तर १ सय २० औं मिनेटको अतिरिक्त समय सकिन केही सेकेण्ड बाँकी छँदा बायर्नका जाभि मार्टिनेजले गोल गरेपछि खेल पेनाल्टी सुट–आउटमा धकेलिएको हो । खेलको अन्तिम ३५ मिनेट चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

यो उपाधि जितेसँगै बायर्न म्युनिखले चेल्सीसँग २०१२ को च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ । त्यसबेला बायर्न म्युनिखलाई चेल्सीले पेनाल्टी सुट–आउटमै हराएको थियो । चेल्सी र बयर्न म्युनिखबीच गए राति भएको खेलले प्रशिक्षकका कारण पनि निकै चर्चा बटुलेको थियो । चेल्सी सम्हाल्नु पूर्व होजे मौरिन्ह स्पेनिस फुटबल क्लव रियाल मड्रिडका प्रशिक्षक थिए भने बायर्न म्युनिख आउनुअघि पेपे ग्वार्डियोलाले पनि स्पेनिस क्लव बार्सिलोना सम्हालेका थिए ।

रियाल मड्रिड र बार्सिलोना परस्पर प्रतिद्धन्दी क्लव भएकै कारण यी दुई प्रशिक्षक पनि प्रतिद्धन्दी हुन पुगेका थिए । युएफा सुपर कप युरोपियन क्लवको सर्वोच्च फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग विजेता र युएफा युरोपा विजेताबीच खेलिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here