विमान दुर्घटनामा अमेरिकामा ६ जनाको ज्यान गयो

२६ साउन । अमेरिकाको कनेक्टिकट राज्यमा शनिबार भएको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

टोरोन्टो विमानस्थलबाट न्यूजर्सीतर्फ उडेको प्रोपेलर विमान कनेक्टिकट राज्यको न्यू हेभन एयरपोर्टनजिक दुर्घटना भएको हो । विमान न्यू हेभन एयरपोर्टको एउटा वस्तीमा खस्दा दुईवटा घरहरु पूर्णरुपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनाबाट मृत्यु हुनेमा विमान रहेका दुई वा तीन जना र बाँकी जमीनमा रहेका व्यक्ति परेको नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले जनाएको छ ।
मारिनेमा घरमा रहेका १३ वर्षीयसहित दुई जना बच्चा पनि छन् । विमान चालकसहित तीन जनाको अवस्था अज्ञात रहेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...