२६ साउन । प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवामा सञ्चालित अवैध मदिरा भट्टीमा छापा मारी हजारौं लिटर मदिरा नष्ट गरेको छ ।
वर्षौदेखि अवैध रूपमा सञ्चालित मदिरा भट्टीमा प्रहरीले शनिबार बिहान छापा मारी मदिरा र कच्चा पदार्थ नष्ट गरेको हो । प्रहरीले मदिरा बनाउने मेसिन र भाडाकुँडासमेत नियन्त्रणमा लिएको छ ।
प्रहरी आउने सूचना पाएर भट्टीका सञ्चालक तथा कामदार फरार भएका थिए । प्रहरीले विशेष सर्च अभियानको क्रममा करिब १० हजार लिटर तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक भुवनेश्वर प्रसाद जानकारी दिनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीबाट मदिरा पसलमा छापा, हजारौँ लिटर मदिरा नष्ट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment