२ भदौ । ओलम्पिक च्याम्पियन जमैकन धावक युसेन्ट बोल्टल मस्कोमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष २ सय मिटरतर्फ स्वर्ण पदक जितेका छन ।
गएराती भएको पुरुष २ सय मिटरतर्फको दौड जमैकन धावक युसेन्ट बोल्टले १९ दशमलब ६—६ सेकेन्डमा पुरा गदै स्वर्ण पदक जितेका हुन् । त्यस्तै, १९ दशमलब ७—९ सेकेन्डमा रेश पुरा गदै अर्का जमैकन धावक वार्रेन विइरले रजत पदक हात पारे । अमेरिकी धावक कुर्टिस मिचेलले २० दशमलब शुन्य—चार सेकेन्डमा रेश पुरा गदै कास्य पदक जितेका छन ।
गएराती नै भएको महिला १ सय मिटर हडल्स् तर्फको स्वर्ण पदक भने अमेरिकी ब्रियन्ना रोलिन्सले जितेकि छिन् । उनले निर्धारित दुरी १२ दशमलब ४—४ सेकेन्डमा पुरा गरेकी थिइन् । अस्ट्रेलियाकी सेल्ली पियरसनले १२ दशमलब ५—० सेकेन्डमा दुरी पुरा गदै रजत तथा ब्रिटेनकी टिफानी पार्टेरले १२ दशमलब ५—५ सेकेन्डमा दुरी पुरा गदै कास्य पदक जितेका छन । महिला हाइजम्पतर्फ २ दशमलब शुन्य—तिन मार्क बनाउदै रसियाकी स्भेत्लाना स्कोलिनाले स्वर्ण पदक जितेकि छिन् । अमेरिकी ब्रिगेट्टा बार्रेटले २ दशमलब शुन्य—शुन्य मार्क बनाउदै रजत पदकमा चित्त बुझाइन् ।
यता पुरुष म्याराथनतर्फको दौड २ घण्टा ९ मिनेट ५१ सेकेन्डमा पुरा गदै उरुग्वेली धावक स्टेफेन्स किप्रोटिच पहिलो भए । २ घण्टा १० मिनेट १२ सेकेन्डमा दौड पुरा गदै इथियोपियाली धावक लेलिसा देसिसा दोस्रो तथा २ घण्टा १० मिनेट २३ सेकेन्डमा दौड पुरा गरेका अर्का इथियोपियाली धावक तादिसे तोला तेस्रो भएका छन । त्यस्तै, ५ हजार मिटर महिलातर्फको दौड १४ मिनेट ५० दशमलब १—९ सेकेन्डमा पुरा गदै इथियोपियाली धाविका मेसेरेट डिफारले स्वर्ण पदक जितिन । १४ मिनेट ५१ दशमलब २—२ सेकेन्डमा दौड पुरा गदै केन्याली धाविका मार्सि सिरीनोले रजत तथा १४ मिनेट ५१ दशमलब ३—३ सेकेन्डमा दौड पुरा गदै इथियोपियाली धाविका अल्माज यानाले कास्य पदक प्राप्त गरेका छन ।
अहिलेसम्म ७ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित रसिया पहिलो स्थानमा छ । ६ स्वर्ण, ११ रजत र ३ कास्य पदक सहित अमेरिका दोस्रो तथा ४ स्वर्ण, २ रजत र १ कास्य सहित जमैका तेस्रो स्थानमा छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment