बहराइनको इष्ट रिफा फुटबल क्लब मैत्रीपूर्ण खेलमा विजयी

३० साउन । बहराइनको इस्ट रिफा फुटबल क्लब विरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

गएराति अल अहली स्टेडियममा भएको खेलमा नेपाली राष्ट्रिय टिमले इस्ट रिफा फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिए पनि खेलको ६० औ मिनेटमा अनिल गुरुङले गरेको एक मात्र गोलले नेपाललाई जिताएको थियो ।

जगजित श्रेष्ठले दिएको पासलाई सदुपयोग गदै अनिलले गोल गरेका थिए । साफ फुटबल प्रतियोगिताको तयारीको क्रममा नेपाली टिम १० दिने मैत्रिपुर्ण फुटबल खेलका लागी बहराइन र कुवेत गएको हो । यसअघि भएको खेलमा नेपाली टिम बहराइनको ओलम्पिक टिमसंग तिन—शुन्य गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टिम आज कुवेततर्फ प्रस्थान गर्नेछन । त्यसैगरि इमर्जिङ टिम्स कप क्रिकेटको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले पहिलो जित हात पारेको छ । श्रीलंकाको २३ वर्Èमुनीको टोलीस“ग लगातार चार खेल गुमाएको नेपालल गएराती भएको अभ्यास खेलमा उत्तर पूर्वी प्रान्तको टोलीलाई १ सय ६८ रनले पराजित गर्न सफल भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...