२५ साउन । विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो वरियतामा नेपाल एक स्थान तल झरेको छ । अगष्ट महिनाको फिफा वरियताक्रममा नेपाल १ सय ७० औं स्थानमा छ ।
गत फाल्गुनमा एएफसी च्यालेन्ज कपयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । साफ च्याम्पियनसीप तयारीका लागि नेपाली टोली अहिले बहराइनमा छ ।
बहराईनमा नेपाली टोलीले त्यहाँको यु–२३ फुटबल टोलीसँग अभ्यास खेल खेल्ने बताईएको छ । बहराईनपछि नेपाली टोली अभ्यासको लागि कुवेत जानेछ ।
यसपटकको वरियतामा अफगानिस्तान दक्षिण एसियाली राष्ट्रको शीर्ष स्थानमा छ । एक स्थान सुधार्दै अफगानिस्तान १ सय ३९ औं स्थानमा उक्लेको हो । नेपालभन्दा अगाडि भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।
नेपालसँगै श्रीलंका पनि १ सय ७० औ स्थानमा छ भने भुटान फिफाकै सबैभन्दा पुछारमा दुई सय सातौं स्थानमा छ ।
विश्व वरियताको शीर्ष दशमा भने कुनै परिवर्तन भएको छैन । स्पेन शीर्ष स्थानमा छ भने जर्मनी, कोलम्बिया, अर्जेन्टिना र नेदल्यान्ड्स शीर्ष ५ भित्र अटाएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment