मेची भन्सारका सवारी साधन कवाडीमा परिणत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मेची भन्सारका सवारी साधन कवाडीमा परिणत

Share This
३ भदौ । मेची भन्सार कार्यलयमा रहेका करोडौका सवारी साधन कवाडीमा परिणत भएका छन् । प्रहरीले पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएका सयौ सवारी साधन बेलैमा लिलाम विक्रि नगर्दा सवारी साधनका पाटपुर्जा हराएका मात्र छैनन, राज्यले करोडौ राजश्व समेत गुमाइरहेको छ ।
भन्सार परिसर भित्र खुल्ला आकासमुनि राखिएका यी सयौ सवारी साधन दिनप्रतिदिन कवाडीमा परिणत हुदै गएका छन् । भन्सार परिसरको सुरक्षा घेराभित्रका सवारी साधनका पाटपुर्जा समेत कर्मचारीकै मिलेमत्तोमा निकालेर खाक्रो बनाइएको छ । भन्सार परिषरमा रहेका सवारीका इञ्जिन, ब्याट्री, मोटगार्ड, लेगार्ड, भाइजर, इण्डिकेरलगायतका पार्टस् चोरी हुदा समेत कार्यलय बेखवर रहेको छ । लाखौं मूल्य पर्ने ट्याक्सी, भेन, जिप, कार लगायत सवारीको बाहिरी लुकिङग्लासदेखि इञ्जिनका पाटपुर्जा र सिट लगायतका सामान नभएको प्रश्ट देख्न सकिन्छ । सुरक्षा घेरा भित्रैबाट सवारीका पाटपुर्जा गायब हुनुमा भन्सार कर्मचारीकै मिलेमत्तो रहेको स्थानीयको भनाई छ ।

भन्सारमा गोदामको क्षमताभन्दा कयौ गुणा बढी सवारी साधन भन्सारमा थुप्रिएका छन् । करोडौ मुल्य पर्ने यी सरकारी सम्पती खुला आकाश मुनी राखिदा अधिकांश सवारी साधनमा खिया परेको छ् भने ३०० भन्दा बढी मोटर साइकल लहराले पुरिसकेको छ ।
भन्सारमा दाखिला भएका यस्ता सवारी साधन प्रक्रिया पुराई लिलाम बिक्री गनुपर्ने भएपनि भन्सारले यसका लागि कुने प्रकृया थालेको पाइदैन । बरु भन्सार कर्मचारी परिसरमा रहेका सवारी साधनका पाटपुर्जा नहराएको दाबी गरेर कमजोरी लुकाइरहेको सहायक भन्सार प्रमुख कृष्ण बिष्टले बताउनुभयो । भनसार सहायक प्रमुख विष्टले अस्वीकार गरेपनि यो दृष्य हेर्दा हाकीम साहेबको भनाई पत्याउन सकिने अवस्था छैन ।

यसरी भन्सारमा बुझाईएको सवारी साधनहरुको पाटपुर्जा क्रमश हराउदै जानु र भएका सवारीहरु पनि कवाडीमा परिर्वतन हुनुले कर्तब्य बिमुख सरकारी कर्मचारीहरुको गैर जिम्मेवारी प्रश्ट बुझिन्छ । करोडौ मुल्य बराबरका सरकारी सम्पती माटोमा मिल्न लाग्दा समेत सरोकारवाला निकायको ध्यान समयमै पुग्न नसक्नुले उनीहरुप्रतिको जिम्मेवारीमा गम्भिर प्रश्न उठेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here