ईजरायली कारागारका प्यालेष्टेनी बन्दीलाई रिहा गरिने

२८ साउन । इजरायल र प्यालेस्टाइनबीच हुने शान्तिवार्ताको पूर्व सन्ध्यामा इजरायलले आफनो कारागारमा लामो समयदेखि बन्दी रहेका २६ जनासहित अरु सय जनालाई रिहा गर्ने निर्णय गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ईजरायली कारागारमा रहेका प्यालेष्टेनी बन्दी रिहा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

ईजरायलको राजधानी जेरुसेलममा हुने वार्ताअघि इजरायलले यो निर्र्णय गरेको हो । यद्यपी इजरायल र प्यालेस्टाइनबीच बस्ती निर्माणको बिषय भने बिबादास्पद बनेको छ । गाजापट्टीमा रहेको बस्ती प्यालेस्टाइन र इजरायलले आ–आफनो भन्दै दाबी गर्दै आएका छन् ।

बिबादास्पद बस्तीमा इजरायलले भवन निर्माणको निर्णय गरेपछी दुई पक्षबीच फेरि विवाद चर्कने संकेत देखिएको छ । सन् २०१० मा भवन निर्माणको बिषयमा बिबाद चर्केपछी दुई देशबीचको सम्बन्ध चिसिएको थियो । यद्यपी अमेरिकाको मध्यस्ततामा हुने यी दुई देशबीचको वार्ता भने सकारात्मक हुने बिश्लेषण गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...