भारतको भूउपग्रह फ्रान्सको अन्तरिक्ष केन्द्रबाट सफल प्रक्षेपण - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भारतको भूउपग्रह फ्रान्सको अन्तरिक्ष केन्द्रबाट सफल प्रक्षेपण

Share This
१४ भदौ । भारतको पहिलो विशिष्ट रक्षा भूउपग्रह ‘जी स्याट सेभेन’ फ्रान्सको गुयानाको कौरु अन्तरिक्ष केन्द्रले सफल प्रक्षेपण गरेको छ ।
यो उपग्रहले देशको समुद्री सीमाको निगरानी क्षमतामा गुणात्मक सुधार ल्याउने जनाइएको छ । रुक्मिनी नाम गरेको यो ‘जी स्याट सेभेन’ लाई एरियन फाईभ रकेटबाट प्रक्षेपण गरिएको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले निर्माण गरेको यो भूउपग्रह भारतीय नौ सेनाले सेप्टेम्बरको अन्त्यबाट प्रगोगमा ल्याउनेछ । यो भूउपग्रह निर्माणमा करिब एक सय ८५ करोड भारतीय रूपँयाँ खर्च भएको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here