डि एल ए कास्कीको साधारण सभा शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

डि एल ए कास्कीको साधारण सभा शुरु

Share This
३२ साउन । नेपाली काँग्रेसनिकट कानुन व्यावसायीहरुको संगठन डि एल ए कास्कीको साधारण सभा शुक्रबार पोखराबाट शुरु हुँदैछ ।
पुनरावेदन अदालत बार एशोसियनको सभाहलमा दिउँसो १ बजे हुने कार्यक्रमको उद्घाटन डि एल ए नेपालका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम कुँवरले गर्नुहुने कास्की अध्यक्ष रोहितराज बाँस्तोलाले बताउनुभएको छ ।
साधारणसभामा देशको समसामयिक राजनीतिक विषयको समीक्षा हुनुका साथै आगामी दिनमा डि एल ए कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल हुने आयोजकले जनाएको छ । सभामा २१० जना कानुन व्यावसायी सदस्यहरु रहेका छन् भने सचिव र कोषाध्यक्षको प्रतिवेदनसमेत प्रस्तुत हुने सचिव विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here