तोकिएकै समयमा चुनाव सम्पन्न हुने गच्छदारको दाबी

३ भदौ । मधेसी जनाधिकार फोरमा नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चुनावको मिति कुनै हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ ।

भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेता गच्छेदारले राजनितिक गतिरोध अन्त्यका लागि मंसिर ४ गते नै निर्वाचन हुने दावी समेत गर्नुभयो ।

उहाले निर्वाचनकै लागि ११ र २५ बुदे सहमतिसंगै गैर दलिय सरकार बनाएकोले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो । अध्यक्ष गच्छेदारले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेकाले निर्वाचन हुनेमा शंका नर्गन आग्रह गर्नुभयो ।

नेकपा–माओवादीलगायतका ३३ दलिय मोर्चासंगपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने गच्छेदारको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...